बेइजिंग, एजेन्सी । चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र तीन चीन अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार विज्ञप्ति जारी गर्दै चीन अमेरिका बीचको सम्बन्धलाई खलल पुर्याउँने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन् ।
सञ्चार माध्यममा जनाइए अनुसार अमेरिकी रिपब्लिकन काँग्रेसका केभिन म्याकार्थीले यसै वसन्तमा ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले त्यस भ्रमणको तयारी गरिरहेको बेला चीनको उक्त टिप्पणी सार्वजनिक भएको हो ।
मन्त्रालयका प्रवक्ता माओले चीनसँग कूटनीतिक सम्बन्ध भएका देशहरूले ताइवान क्षेत्रमा कुनै प्रकारको दुई देशीय गतिविधिको विरोध गर्दछ ।
प्रवक्ता माओले अमेरिकी सांसदहरूले एक चीन नीति र तीन चीन अमेरिका सम्झौताको पालना गर्ने आशा व्यक्त गरे । दुई देश बीचको संयुक्त विज्ञप्ति र चीन–अमेरिकालाई असर गर्ने कुनै पनि काम नगर्न र ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई कमजोर बनाउँने कुनै पनि प्रकारका गतिविधि नगर्न उनले आग्रह गरेका छन् । एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन