नयाँ दिल्ली – एएनआई । भारतले सन् २०२३ हुन लागिएको जी २० को अध्यक्षता गरिरहेको छ । इन्डोनेसियामा सम्पन्न जी–२० समूहका नेताहरूको शिखर सम्मेलनको समापन समारोहमा भारतलाई अध्यक्षता सुम्पिइएको थियो ।
भारतले एक वर्षका लागि विश्वका शक्तिशाली देशहरूको संगठनको अध्यक्षता गरिरहेको छ । जी–२० सँग जोडिएका विभिन्न तहका बैठकहरू भारतमा नै आयोजना हुनेछन् । एक वर्षपछि नयाँदिल्लीमा विश्वका शक्तिशाली राष्ट्रका नेताहरूको उपस्थितिमा शिखर सम्मेलन आयोजनाको तयारी छ ।
एक वर्षपछि भारतले ब्राजिललाई अध्यक्षताको जिम्मेवारी सुम्पीने छ । आर्थिक रूपले विकसित र विकासशील २० देश यसका सदस्य छन् । युरोपेली संघ सहित अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, साउथ कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, ब्रिटेन र अमेरिका सदस्य राष्ट्र हुन् ।
वैश्विक रूपमा ८५ प्रतिशत जीडीपी माथि यी देशको पकड छ । त्यस्तै, ७५ प्रतिशत व्यापार पनि जी–२० मा आबद्ध देशहरूको छ । साथै विश्वको दुई तिहाइ जनसंख्या पनि यिनै देशमा छ । जी–२० मुख्य रूपमा आर्थिक सहयोग र त्यसैमा केन्द्रित मञ्च हो ।
यस अवसरलाई भारतले सदुपयोग गर्नुपर्ने भारतीय विज्ञ तथा विश्लेषकहरुको मत रहेको छ । भारतको अध्यक्षता विश्वव्यापी समुदायको लागि स्वास्थ्य सेवामा प्रतिस्पर्धा भन्दा पनि सहयोगको धेरै उच्च मूल्य रहेको मार्गदर्शक दर्शनमा सहमति निर्माण गर्ने अनौठो अवसर रहेको छ ।
यसो हेर्दा साधारण देखिए पनि संसारको लागि अभ्यास गर्न धेरै असहज देखिन्छ । यद्यपि यसको प्रभावकारिता कोभिड–१९ महामारीले उत्पन्न गरेको भर्खरै सार्वजनिक स्वास्थ्य आपतकालमा यसको परीक्षण गरिएको छ ।
कोरोना महामारीका समयमा भारतले विश्व समुदायलाई अत्यावश्यक औषधिसहित कोरोना महामारी विरुद्धको खोप उपलब्ध गराएको थियो । यस्तो स्वास्थ्य आपतकालहरु आगामी दिनमा पनि आउन सक्ने भएकोले मानवताका लागि स्वास्थ्य अवधारणलाई भारतले अघि बढाउन सकेमा भारतले ग्लोबल पावरको दौडमा अघि बढेको विश्वास गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन