नयाँ दिल्ली, एजेन्सी । भारतीय वित्तमन्त्री निर्मला सितारमणले बजेट सत्रमा आय करको सीमामा हेरफर गरेको छ ।
आगामी आर्थिक वर्ष २०२३–२४ को बजेट ल्याउँदै भारतकी वित्तमन्त्री सीतारमणले ५ लाख सम्म रहेको आयमा कर नलाग्ने सीमालाई ३ लाख घटाएरको घोषणा गरेकी छिन् ।
सन् २०२० मा व्यक्तिगत कर व्यवस्थामा ६ वटा दर दिइएको थियो, अब यसलाई घटाएर भारतले पाँच तहमा पुर्याइको हो ।
अब ३ लाखसम्ममा कुनै पनि कर लाग्ने छैन भने ३ देखि ६ लाख सम्म ५ प्रतिशत, ६ देखि ९ लाख सम्म १० प्रतिशत, ९ देखि १२ लाख सम्म १५ प्रतिशत, १२ देखि १५ लाखसम्म २० प्रतिशत लाग्ने व्यवस्था गरिएको छ ।
मन्त्री सीतारमणका अनुसार अब सरल खालको नयाँ राजस्व फराम जारी गरिने छ ।
बजेटले ३१ मार्च, २०२४ सम्ममा सहकारी क्षेत्रमा काम सुरु गर्ने नयाँ कम्पनीलाई १५ प्रतिशत छुट दिने र नयाँ कर प्रणालीमा यो स्तर बढाएर सात लाख पुर्याउने घोषणा पनि गरिन ।
बजेटले हरित ऊर्जाको प्रवद्र्धन गर्ने सहित लिथियम आयन ब्याट्री बनाउन आवश्यक पर्ने वस्तुको पैठारीमा भन्सार महसुलमा दिइएको छुट यथावत राख्ने नीति घोषणा गरेको छ । क्यामेरा लेन्स जस्ता मोबाइल फोन उत्पादनमा प्रयोग हुने अत्यावश्यक वस्तुको आयातमा भन्सार महसुल छुट जारी रहने व्यवस्था गरिएको छ ।
डिनेचर्ड इथाइल अल्कोहलमा भन्सार महसुल हटाउने र कच्चा ग्लिसरीनमा भन्सार महसुल ७.५ बाट घटाएर २.५ गर्ने प्रस्ताव पनि गरिएको छ । सुन र प्लेटिनमको भन्सार महसुल बराबर हुने गरी चाँदीको भन्सार महसुल बढाउने घोषणा पनि भारत सरकारको घोषणा छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन