जासुसीको आरोपमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ बर्षको जेलसजाय

130 Shares

वासिंगटन, एजेन्सी । अमेरिकामा एक चिनियाँ इन्जिनियर माथि जासुसीको आरोपमा ८ बर्षको जेलसजाय भएको छ ।
सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका प्रवेश गरेर सेनामा भर्ती भएका जी चाओचुन माथि जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा रहेका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोपमा छानविन पछि सजाय भएको हो ।
छानविनको क्रममा अमेरिकी वैज्ञानिक र इञ्जिनियरको पहिचान गरेको आरोप लागेको थियो । यो निकाय एक प्रमुख चिनियाँ गुप्तचर एकाइ भएको र अवैध रूपमा अमेरिकी औद्योगिक र व्यापारिक रहस्यहरू प्राप्त गर्न र योजनाहरू प्राप्त गर्न चीनले प्रयोग गरेको आरोप अमेरिकी अधिकारीले आरोप लगाएका छन् ।
सन् २०१८ को सेप्टेम्बरमा जीलाई पक्राउ गरिएको थियो जसमा उनले चिनियाँ गुप्तचर निकायलाई आठ जनाको जीवनी सम्बन्धी जानकारी उपलब्ध गराएको थियो । ती सबै मूलतः चीन वा ताइवानका अङ्गीकृत अमेरिकी नागरिक थिए ।
करिब ३१ वर्षीय जीलाई सिकागोमा दुई साता लामो सुनुवाइ भएपछि गैरकानुनी रूपमा विदेशी सरकारको एजेन्टको रूपमा काम गरेको र झूटो बयान दिएको अभियोगमा सेप्टेम्बरमा दोषी ठहर गरिएको थियो । अमेरिकी अभियोजनकर्ताहरूले जासुसी सम्बन्धी मामिलाहरूमा अक्सर यो आरोप प्रयोग गर्छन् जहाँ अभियुक्त स्पष्ट रूपमा विदेशी गुप्तचर एजेन्ट होइन । न्याय विभागका अनुसार जीले जियाङ्सु एकाइका डेपुटी डिभिजन डाइरेक्टर जू याञ्जुनको निर्देशनमा काम गरेको आरोप लगाइएको छ ।
विश्वको अग्रणी विमान इन्जिन निर्माता मध्येको एक ओहायो स्थित जीई एभिएसन र अमेरिकी सैन्य आपूर्तिकर्ता लगायत अन्य उड्डयन कम्पनीहरूबाट व्यापारिक गोप्य कुराहरू चोर्ने चिनियाँ प्रयास सँग जीको मुद्दा जोडिएको दावी गरिएको छ ।
त्यो प्रयासमा जू एक प्रमुख व्यक्तिको रुपमा पहिचान भएका थिए । सन् २०१८ मा बेल्जियममा पक्राउ परेका उनलाई पुर्पक्षका लागि अमेरिका सुपुर्दगी गरिएको थियो । उनलाई सन् २०२१ को नोभेम्बरमा आर्थिक जासुसी गरेको र व्यापारिक गोपनीयता चोरीको प्रयास गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । नोभेम्बर २०२२ मा जूलाई २० वर्षको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।