सर्लाही, २० माघ । भखर्रै सरुवा भएर आएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लास्थित राजनीतिक दलका सभापति, अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेको छ ।
सिडीओ इन्द्रदेव यादवले जिल्ला प्रशासन कार्यालय मलंगवाको सभाहलमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग परिचयसहित जिल्लाको पछिल्लो वस्तुस्थितबारे छलफल गरेको हो ।
लागूऔषध रोकथाम तथा नियन्त्रणका लागि कडाईका साथ प्रस्तुत हुने र यस मुद्दामा पक्राउ परेका व्यक्तिलाई छुटाउन भन्दै राजनीतिक दबाब नदिने निर्णय भएको छ ।
सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण, मल खादको सहज बिक्री वितरण, स्थानीय तहसँग समन्वय गरी न्यायिक समितिका कामकारवाहीलाई प्रभावकारी बनाउनेलगायत विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।
सर्लाहीको सभापति सुरेन्द्र प्रसाद सिंह, एमालेका जिल्ला अध्यक्ष राजनारायण साह, माओवादी केन्द्रका जिल्ला अध्यक्ष अच्यूतम प्रसाद काफ्ले, राप्रपाका जिल्ला अध्यक्ष सत्यनारायण राय, लोसपाका जिल्ला अध्यक्ष रामप्रसाद रायलगायत जिल्लाभित्र सक्रिय विभिन्न दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन