सर्लाही, २३ माघ । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रही अदालतबाट दण्ड सजाय भई फरार रहेका १५२ जना अभियुक्तलाई सर्लाही प्रहरीले एक सातामा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही प्रहरीले एक साता भित्रमा १५२ जना अभियुक्तलाई विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएर सम्मानित अदालत समक्ष पेश गरिएको हो । सर्लाही जिल्ला अदालतबाट कैद जरिवाना तोकिएर फरार सूचीमा रहेका मध्येहरुलाई पक्राउ गरिएर अदालत समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
कर्तव्य ज्यान, लागु औषध, जबरजस्ती करणी, अभद्र व्यवहार, जबरजस्ती करणी, जरिवाना लगायतका गम्भीर प्रकृतिका अपराधमा संलग्न रही कैद जरिवाना भएर फरार रहेकाहरुलाई जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ गरिएको उनले भने ।
पक्राउ परेका अभियुक्तलाई अदालत समक्ष पेश गरिएका छौं, अन्य फरार अभियुक्तहरुको खोजी कार्यलाई तीव्रता दिइएको एसपी सुवेदीले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन