तराई टप डेष्क
रौतहट, १६ वैशाख । सात बर्ष अघि निर्माण सुरु भएको पुल अझै अलपत्र अवस्थामा रहदा सर्वसाधारण जनताहरु सम्बन्धित निकाय प्रति आक्रोशि पोखेका छन् ।
रौतहट सदरमुकाम गौर संग पश्चिमी भेग इशनाथ नगरपालिकालाई जोड्नका लागि लाल बकैया नदीमा सात बर्ष अघि निर्माण सरु भएको पुलको ५० प्रतिशत मात्रै काम भएर अलपत्र अवस्थामा रहदा उक्त पुल भएर प्रत्यक्ष रुपमा लाभान्वित हुन स्थानीय बासिन्दाहरुले निर्माण कम्पनीको लापरवाही विरुद्ध सम्बन्धीत निकायले कुनै कारवाही अगाडी नबढाउदा उनीहरु आक्रोश पोखेका हुन् ।
२०७१ असार २९ गते १४ करोड ९३ लाखमा पप्पु कन्ट्रक्सनले ठेक्का सकार गरेर २०७४ साल असार २५ गते भित्र निर्माण कार्य पुरा गर्न लिखित सम्झौता तात्कालिन संचालक हरिनारायण रौनियारले गरेका थिए । तत्कालिन प्रधानमन्त्रि शुशिल कोइरालाले शिलान्यास गरेको लाल बकैया खोलाको पुल सात बर्ष वितिसकेको छ, पुल निर्माण हुने कुनै अवस्था नदेखिदा सरोकारावाल निकाय प्रति स्थानीय बासिन्दाहरु आक्रोशित बनेका छन् ।
रौतहटको सिमावर्ती दक्षिणी एवं पश्चिमी भेगका स्थानीय बासिन्दाहरुलाई सहज रुपमा सदरमुकाम गौर सम्म आउनका लागि गौर नगरपालिकाको टिकुलिया स्थित लाल बकैया नदीमा विगत सात बर्ष देखि पप्पु कन्ट्रक्सनद्धारा निर्माणाधिन पुलले गति नलिदा यसपालीको बर्षा याममा जोखिमपूर्ण डुंगाकै भरमा वारीपारी गर्ने निश्चित छ उनीहरु बताउँछन् ।
गौर नपा ४ टिकुलियाको वडाध्यक्ष भुनेश्वर शाहीले पप्पु कन्ट्रक्सनद्धारा निर्माणाधिन पुल अलपत्र अवस्थामा रहेको पुललाई छिटो भन्दा छिटो निर्माण गराउनका निमित्त जिल्ला प्रशासन कार्यालय, प्रदेश र संघिय सरकारलाई गुहासक्यौं तर अहिले सम्म कुनैपनि निकायबाट अलपत्र रहेको कार्यलाई सुचारु गराउन नसकेको गुनासो गर्दै तराई टप अनलाइन खवर संग भने । निर्माण भएका पुलको विमबाट आफै गिटीहरु खसिरहदा पुलको गुणस्तरियाता माथि प्रश्न चिन्ह खडा भएको आरोप उनले लगाए । यस्तो गुणस्तरहिन पुलको आवश्यक्ता नै छैन, यसलाई भत्काएर नयाँ ढंगबाट निर्माण कार्य अघि बढाउन उनले माग गरे ।
जव जव बाढी आउँछ धनमालको क्षति भएपछि त्यो वेला पुल निर्माण चाँडै गराउने प्रतिबद्धता स्थानीय प्रशासन देखि लिएर प्रदेश र संघिय सरकारको प्रतिनिधिहरुले गर्ने गर्दछ तर बर्षा याम वितिसकेपछि पुल बनाउने अभियान हराएर जाने परिपाटीको कारण टिकुलिया पुल निर्माण हुन नसकेको गम्भीर आरोप वडाध्यक्ष शाहीले लगाए ।
सदरमुकाम गौरबाट इशनाथ, राजपुर र परोहा नगरपालिकाको गाउँ तर्फ जानका लागि स्थानीय यात्रुहरु तथा खोला पारी खेती किसानी गर्नेहरु बर्षा याममा डुंगाको सवारी एवं हिउद याममा बासको लचकाको भर पर्नु परेको विवशता रहेको स्थानीय बासिन्दा राजकुमार ठाकुरले बताए ।
पुल रेखदेख गर्नका लागि निर्माण कम्पनीद्धारा राखिएका व्यक्ति राजकिशोर सिंह संग निर्माण हुनु अगावै किन भत्किदै गएको हाला प्रश्न गर्दा ? केही दिन अगावै यहाँ आएको हुँदा आफूलाई केही थाहा नभएको बताए । पटक पटक गरी २०७८ असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्न म्याद रहेको तर निर्माण सम्पन्न हुन नसक्ने बताए । सडक डिभिजन कार्यालय र पुल डिभिजनको प्राविधिहरु कहिलेकाही आउने गरेको उनले स्वीकारे ।
२०७५ भदौं ९ गते साँझ डुंगा दुर्घटनामा परी गौर नगरपालिका वडा नम्वर ४ की ४५ वर्षीया इन्दुदेवी पटेल, ६४ वर्षीया शान्तिदेवी साह, १० वर्षीया उष्मा कुमारी पटेल, सहचालक ओमप्रकाश चन्द्रवंशी र इशनाथ नगरपालिका औरैयाकी ४५ वर्षीया रुनादेवी पटेलको ज्यान गएको थियो । यती संख्यामा सर्वसाधारणले ज्यान गुमाए पनि पप्पु कन्ट्रक्सन र सरकारले पाठ नसिकेको विडम्वना हाम्रो देशमा विद्यमान रहेको जेष्ठ नागरिक संघको अध्यक्ष विजयकिशोर झाले चिन्ता व्यक्त गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन