वागमती र लाल बकैया नदीले क्षतिग्रस्त पारेको बाँध, स्परलाई तत्कालै मर्मत गर्न प्रजिअ यादवको निर्देशन

422 Shares

तराई टप संवाददाता
रौतहट, १७ वैशाख । वागमती र लाल बकैया नदीले गत बर्ष बाढी र कटानबाट बाँध र स्परहरु क्षतिग्रस्त भई उच्च जोखिममा रहेको विभिन्न स्थानहरुमा प्राविधिकहरुको टोलीलाई लिएर शुक्रवार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले स्थालगत रुपमा निरीक्षण गर्दै तत्काल मर्मत एवं सम्भार गर्न निर्देशन दिएको छ ।
गत बर्ष वागमती र बकैया नदीमा आएको बाढी र कटानमा विभिन्न पालिका भित्र पर्ने बाँध र स्पर क्षतिग्रस्त भएपनि हाल सम्म तिनीहरुको मर्मत सम्भार नहुँदा यसपालीको बर्षा याममा झन् जोखिम बढेर जाने जनगुनासो बढ्दै जाँदा वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुख संगै प्रजिअ यादवले जोखिम रहेको स्थानमा उपस्थित भई तत्काल मर्मत सम्भार गरी सम्भावित त्रासलाई समाप्त गर्न निर्देशन दिएको हो ।


वागमती नदीको पश्चिमी बाँध ४७ किलोमिटर लम्वाई रहेकोमा बाँधलाई सुरक्षित राख्न प्रत्यक सात सय मिटरको फरकमा २३० मिटर लम्बाईको स्पर निर्माण गरिएको छ । ११ वटा मर्मत गर्नुपर्ने जसमध्ये ५ वटा स्पर मर्मत गर्न अति शम्बेदनसिल अवस्थामा रहेको हुँदा तत्काल मर्मतको कार्य अघि बढाउन आयोजना प्रमुखलाई निर्देशित गरे । स्पर नम्वर ५ बसतपुर, स्पर नम्वर १० मत्सरी, स्पर नम्वर ११ को ८० प्रतिशत कटान भईसकेको हुँदा पुनर निर्माण गर्नुपर्ने अवस्थामा रहेको प्रजिअ यादवले भने ।


यसैगरी लालबकैया नदीको पश्चिमी बाँधको देवाही गोनाही नपाको करुनिया, बौधिमाई नपाको पश्चिम मटिअर्वा, इनर्वा नजिक निर्माणाधिन पुल, परोहा नपाको जिगडा नजिक निर्माणाधिन पुल र तेजापाकड नजिक पश्चिमी बाँधको मर्मत कार्यको अनुगमन गर्दै गुणस्तरिय कार्य गर्न निर्माण कम्पनीहरु संग आग्रह गरे । बकैयाले भत्काएको बाँधको मर्मत कार्य सुरु भईसकेको हुँदा बर्षा अघि नै मर्मतको कार्य सम्पन्न गराई बाढीको समयमा निगरानी बढाउने प्रजिअ यादवले आयोजना प्रमुखलाई भने ।
वागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजना परवानीपुरको प्रमुख अकलाख अन्सारी, प्रहरी उपरिक्षक सिद्धीविक्रम शाह सहितको प्राविधिक टोलीहरुद्धारा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटल जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।