वासिंगटन, एजेन्सी । चीनद्धारा जासुसी गर्न छाडिएको शंकाष्पद बेलनको बिषयलाई लिएर अमेरिका र चीन विच तनातनी भइरहेका छन् ।
अमेरिकाले आफ्नो एयर स्पेश आकाशमा शंकास्पद बेलुन उडाएर रक्षा क्षेत्रको जानकारी लिन खोजेको चीन माथि आरोप लगाएका हुन् ।
अमेरिकाले बिना अनुमति चीनको आकाशमा १० पटक बेलुन उडाएको समेत यतिखेर आरोप लागेको छ । यस विवादमा ह्वाइट हाउसले आफ्नो तर्फबाट विज्ञप्ति जारी गर्दै चीनमा उनीहरुको तर्फबाट कुनै बेलुन नउडाएको स्पष्ट पारेका छन् ।
चीनको विदेश मन्त्रालयले अमेरिकाले एक नभई १० पटक चीनको हवाई क्षेत्र उल्लंघन गरेको दाबी गरेको छ । चीनलाई आरोप लगाउनुको सट्टा अमेरिकाले आत्मआलोचना गर्नुपर्छ, आफ्नै आँगनमा हेर्नुपर्छ भन्ने पनि जोड दिइएको छ । चीनले यो वक्तव्य निकै जिम्मेवारीका साथ दिएको पनि स्पष्ट गरेको छ । अर्थात् अमेरिकालाई आफ्नो तर्फबाट प्रत्यक्ष आरोप लगाए ।
चीनले अमेरिका जासुसीमा नम्बर १ भएको र विश्वभर आफ्नो बलियो नेटवर्क रहेको भन्दै निशाना साधेको छ । यसै आधारमा चीनले अमेरिका माथि निश्चित रणनीतिमा आफ्नो हवाई क्षेत्रको लगातार उल्लंघन गरिरहेको बताउँदै आएको छ । अब यी आरोपहरू महत्वपूर्ण छन् किनभने केही दिन अघिसम्म अमेरिकाले पनि चीनमाथि यस्तै आरोप लगाएको थियो ।
वास्तवमा अमेरिकी आकाशमा एउटा शंकास्पद बेलुन देखिएको थियोे । त्यसलाई चीनको जासूस बेलुन भनिन्थ्यो । त्यसपछि राष्ट्रपति जो बाइडेनले देशको सुरक्षालाई ध्यानमा राख्दै उक्त बेलुनलाई मिसाइल हान्न आदेश दिएका थिए । चिनियाँ बेलुन खसाउदा दुबै देश बिच स्थिति तनावग्रस्त बनेको थियोे । चीनले यस्तो घटना नगर्न र सचेत रहना बताएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन