रौतहट, २ फागुन । विगत ८ बर्ष देखि सम्बन्ध निकायहरुको चरम लापरवाहीको कारण अलपत्र रहेका गौर र इशनाथ नगरपालिकालाई जोड्ने लाल बकैया नदीको टिकुलिया घाँटमा पुल अविलम्ब बनाउनु पर्ने भन्दै स्थानीयद्धारा आमरण अनसन सुरु गरिएको छ ।
गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया निवासी एवं स्थानीय संचारकर्मी संजय सहनीले अलपत्र पुलको निर्माण कार्य पुरा गराउनुपर्ने माग राख्दै आमरण अनसन सुरु गरेको हो ।

गौर नगरपालिका वडा नम्वर ४ टिकुलिया निवासी एवं स्थानीय संचारकर्मी संजय सहनीले अलपत्र पुलको निर्माण कार्य पुरा गराउनुपर्ने माग राख्दै आमरण अनसन सुरु गरेको हो ।
रौतहट सदरमुकाम गौर संग पश्चिमी भेग इशनाथ नगरपालिकालाई जोड्नका लागि लाल बकैया नदीमा ८ बर्ष अघि निर्माण सरु भएको पुलको ६० प्रतिशत मात्रै काम भएर अलपत्र अवस्थामा रहदा उक्त पुल भएर प्रत्यक्ष रुपमा लाभान्वित हुन स्थानीय बासिन्दाहरुले निर्माण कम्पनीको लापरवाही विरुद्ध सम्बन्धीत निकायले कुनै कारवाही अगाडी नबढाउदा उनले आक्रोश पोख्दै आमरण अनसन सुरु गरेका छन् ।
२०७१ असार २९ गते १४ करोड ९३ लाखमा पप्पु कन्ट्रक्सनले ठेक्का सकार गरेर २०७४ साल असार २५ गते भित्र निर्माण कार्य पुरा गर्न लिखित सम्झौता तात्कालिन संचालक हरिनारायण रौनियारले गरेका थिए । तत्कालिन प्रधानमन्त्रि शुशिल कोइरालाले शिलान्यास गरेको लाल बकैया खोलाको पुल ८ बर्ष वितिसकेको छ, पुल निर्माण हुने कुनै अवस्था नदेखिदा सरोकारावाल निकाय प्रति स्थानीय बासिन्दाहरु आक्रोशित बनेका छन् ।

रौतहटको सिमावर्ती दक्षिणी एवं पश्चिमी भेगका स्थानीय बासिन्दाहरुलाई सहज रुपमा सदरमुकाम गौर सम्म आउनका लागि गौर नगरपालिकाको टिकुलिया स्थित लाल बकैया नदीमा विगत ८ बर्ष देखि पप्पु कन्ट्रक्सनद्धारा निर्माणाधिन पुलले गति नलिदा यसपालीको बर्षा याममा जोखिमपूर्ण डुंगाकै भरमा वारीपारी गर्ने निश्चित छ आमरण अनसन बसेका सहनीले गुनासो पोखे ।
पप्पु कन्ट्रक्सनद्धारा निर्माणाधिन पुल अलपत्र अवस्थामा रहेको पुललाई छिटो भन्दा छिटो निर्माण गराउनका निमित्त जिल्ला प्रशासन कार्यालय, प्रदेश र संघिय सरकारलाई गुहासक्यौं तर अहिले सम्म कुनैपनि निकायबाट अलपत्र रहेको कार्यलाई सुचारु गराउन नसकेको गुनासो गरे । निर्माण भएका पुलको विमबाट आफै गिटीहरु खसिरहदा पुलको गुणस्तरियाता माथि प्रश्न चिन्ह खडा भएको आरोप उनले लगाए । यस्तो गुणस्तरहिन पुलको आवश्यक्ता नै छैन, यसलाई भत्काएर नयाँ ढंगबाट निर्माण कार्य अघि बढाउन उनले माग गरे ।
सदरमुकाम गौरबाट इशनाथ, राजपुर र परोहा नगरपालिकाको गाउँ तर्फ जानका लागि स्थानीय यात्रुहरु तथा खोला पारी खेती किसानी गर्नेहरु बर्षा याममा डुंगाको सवारी एवं हिउद याममा बासको लचकाको भर पर्नु परेको विवशता रहेको उनले बताए ।
२०७५ भदौं ९ गते साँझ डुंगा दुर्घटनामा परी गौर नगरपालिका वडा नम्वर ४ की ४५ वर्षीया इन्दुदेवी पटेल, ६४ वर्षीया शान्तिदेवी साह, १० वर्षीया उष्मा कुमारी पटेल, सहचालक ओमप्रकाश चन्द्रवंशी र इशनाथ नगरपालिका औरैयाकी ४५ वर्षीया रुनादेवी पटेलको ज्यान गएको थियो । यती संख्यामा सर्वसाधारणले ज्यान गुमाए पनि पप्पु कन्ट्रक्सन र सरकारले पाठ नसिकेको विडम्वना राज्य लगायत सम्बध निकायको चरम लापरवाहीले गर्दा पुल अहिले जसको तस रहेको उनले गम्भीर आरोप लगाए ।
आत्मदाह गर्ने चेतावनी दिए इशनाथको उप मेयर आलम
आमरण अनसनमा प्रतिबद्धता जनाउदै इशनाथ नगरपालिकाको उप मेयर मोह्म्मद प्रवेश आलमले पटक पटक सम्बध निकायलाई जानकारी गराउदा समेत कुनै सुनवाई नगरेको गम्भीर आरोप लगाए । राज्य टिकुलिया पुल बनाउने प्रति अलिकति पनि गम्भीर नदेखिएको हुँदा आमरण अनसनबाट राज्यले सुनवाई नगरेमा आत्मदाह गर्ने समेत चेतावनी दिए ।
डिभिजन सडक कार्यालय प्रमुख दरोगा प्रसाद साह
यस विषयमा सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दरोगा प्रसाद साहले पप्पु कन्ट्रक्सनलाई कारवाही गरिएको र कालो सुचीमा राख्न पत्राचार समेत भएको बताए । माथिबाट पुन ः लागत इष्टिमेट गरेर अर्को टेण्डर आह्वान गर्न प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए । आमरण अनसन नगर्नुस भनेका छौं तर आमरण अनसन बसेका संजय सहनीले लिखित रुपमा प्रतिबद्धता जनाए मात्रै अनसन तोड्ने बताए पछि अहिले समस्या भएको स्पष्ट पारे ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन