वासिंगटन, एजेन्सी । अमेरिकी प्रविधि कम्पनी गुगलले चिनियाँ प्रचार गर्नका निमित्त उत्पादित ५० हजार भन्दा डिजिटल सामग्री आफनो प्लेटफर्मबाट हटाएको छ ।
गुगलको जोखिम विश्लेषण समूहले युट्युब, एडसेन्स, ब्लगरजस्ता प्लाटफर्ममा रहेका ५० हजारभन्दा धेरै डिजिटल आफ्नो प्लेटफर्मबाट हटाएको जानकारी दिएको हो ।
गुगलका अपरेटिभ सिष्टमका अफिसियल कर्मचारीका अनुसार स्पामफ्लज ड्रागन र ड्रागनब्रिज नामक समूहले प्लाटफर्ममा चीनको पक्षधर र अमेरिका विरोधी सामग्रीहरु सेयर गर्दै आएका थिए ।
यी समूहले विशेषगरी चिनियाँ भाषा बोल्ने गुगलका प्रयोगकर्तालाई लक्षित गरी आफ्नो सामग्रीहरु सेयर गर्दै आएका थिए । यद्यपि यस समूहका केही सामग्रीहरु अंग्रेजी र अन्य भाषामा पनि प्रकाशित हुने गरेको बताइएको छ ।
यद्यपि गुगलका प्रयोगकर्ता माझ चीन समर्थक यस्ता समूहले उत्पादन गर्ने डिजिटल सामग्रीको पहुँच भने अत्यन्त न्यून रहेको गुगलले जानकारी दिएको छ । ड्रागनब्रिज समूहले सेयर गर्ने ८० प्रतिशत भिडियोमा दर्शक संख्या १ सयभन्दा कम हुने गरेको गुगलले जनाएको छ । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन