जनकपुरधाम, ९ फागुन । जनता समाजवादी पार्टीको केन्द्रीय समितिमा मधेश प्रदेशको मुख्यमन्त्री (सीएम) सरोजकुमार यादवलाई मनोनित गरिएको छ ।
पार्टी कार्यालयमा दुई दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले सीएम सरोजकुमार यादव (बारा) र सुरेन्द्र कुर्मी (पर्सा) लाई राजनीतिक समितिमा, ओमप्रकाश यादव (गुल्जारी) र सोमबहादर नेपाली (कास्की) लाई केन्द्रीय समितिमा र दलबहादुर लावती (पाँचथर) कर्णबहादुर लावती (पाँचथर) र बलराम महतो (धनुषा) लाई संघीय परिषद् सदस्यमा मनोनयन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाएका छन् ।
बस्नेतका अनुसार केन्द्रीय सदस्यहरू जोगीलाल यादव र प्रचण्डकुमार पौडेललाई ट्रेड युनियन तथा बौद्धिक पेशाकर्मी महासंघ संयुक्त संयन्त्रको उपप्रमुखको जिम्मेवारी दिइएको छ । बैठकले विधान अधिवेशनका लागि पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा विधान अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरूमा विजय यादव, सुशीला श्रेष्ठ, लालबहादुर तामाङ, अर्जुन थापा, विद्युत् बज्राचार्य र न्हुच्छेलाल महर्जन रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन