तराई टप संवाददाता
सर्लाही, १८ वैशाख । सर्लाहीको गोडैता नगरपालिकामा यात्रुबाहक बसले मोटरसाइकललाई शनिवार विहान ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने बालक सहित दुई जना गम्भीर घाईते भएका छन् ।
गोडैता नगरपालिका ५ रामवनको गडहियाबाट करकठवा तर्फ जादै गरेका ना ४ ख १०८९ नम्वरको यात्रु बाहक बसले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिदा उक्त घटना भएका हुन् । दुर्घटनामा परेर गम्भीर घाईते भएका मोटरसाइकल चालक रौतहट गढीमाई नगरपालिका ८ का २६ बर्षिय जयचन्द्र साहको उपचारको लागि मलंगवा अस्पताल तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मोटरसाइकलमा सवार अन्य २ जना रौतहट गढीमाई नगरपालिका ८ का ३५ बर्षिय विगु साह र ९ बर्षिय विनेशकुमार साह गम्भीर घाईते हुँदा बरहथवा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिदै ठक्कर दिने वस र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही सुरु गरिएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन