जनकपुरधाम, ९ फगान । चुरे तथा वन जंगल संरक्षणमा पाँच बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ ।
मधेश प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन २४ घण्टे धर्नाको कार्यक्रम घोषणा गरेको हो ।
संयोजक सुनिल कुमार यादवले सरकार विगतमा गरेको सम्झौता र वन, जंगल तथा चुरे बचाउने ठोस योजना नल्याउँदा बाध्य भएर आन्दोलन गर्न बाध्य भएको बताए । उनका अनुसार चुरे तथा वन जंगल संरक्षण अभियान र मधेश प्रदेश सरकारबीच भएको सात बुँदे सहमति तत्काल कार्यान्वयन गर्न, अवैध क्रसर उद्योगहरुको गतिविधि उपर रोक लगाइ दिलीप महतोलाई शहीद घोषणा गर्न आवश्यक निर्णय लिन र भूमिहीन तथा सुकुम्बासीलाई बासको आवश्यक पहल गर्नुपर्ने माग अघि सारेका छन् ।
वैदेशिक रोजगारीको समस्या समाधान गरी रोजगारी सुनिश्चित गर्न र स्थानीय तहको निर्वाचनमा दलितको लागि आरक्षणसहित पालिका प्रमुखहरुको निर्वाचन चक्रिय प्रणालीमा व्यवस्था गर्न कानून परिमार्जन गर्न माग गरेका छन् । अभियानद्वारा लामो समयदेखि चुरे, वन तथा जंगल जोगाउन काम गर्दै आएका छन् ।
उनीहरुले पटक पटक सरोकारवला निकायलाई ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाइसकेका छन् । तर, सरोकार वला निकायले उनीहरुको मागप्रति बेवास्ता गरेका छन् । यसअघि मधेश प्रदेशको निवर्तमान मुख्यमन्त्री लाल बाबु राउत नेतृत्वको सरकारले सात बुँदे सहमति गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन