रौतहट, ९ फागुन । मौलापुर नगरपालिकाको मेयर रिनाकुमारी साहले एक विज्ञप्ती मार्फत मधानी महायज्ञलाई विथोल्न विभिन्न प्रपंच रहेका नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाको प्रमुखलाई कारवाही गर्न सम्बध निकाय संग माग गरेकी छिन् ।
फागुन ५ गते महाशिवरात्रीको अवसरमा पतौरा पुरातात्वीक महादेव मन्दीरमा मधानी महायज्ञको उदघाटन गर्न उपराष्ट्रपतिद्धारा उदघाटन समारोहमा पटक पटक विद्युत लाईनलाई व्यवस्थित राख्न नगरपालिकाबाट पत्राचार गरिएको, उदघाटन स्थलमा जडान गरिएका विद्युतिय उपकरणहरु जानी जानी हटाउने निर्देशन दिने मौलापुर शाखा प्रमुख अरुणकुमार साहद्धारा अवरोध सृजना गराउने कार्य गरिएकोमा सम्बध निकायद्धारा साह विरुद्ध कारवाही गर्न विज्ञप्ती जारी गर्दै मेयर रिनाकुमारी साहले माग गरेकी हुन् ।
विद्युत लाईन किन अवरुद्ध गरेको भन्दा उल्टै शाखा कार्यालय प्रमुख साहले गाली ग्लौजको साथै केही व्यक्तिहरु पठाएर हुलहुज्जत गराएकोमा निजको हर्कत विरुद्ध आवश्यक छानविन गरेर दोषिलाई कारवाही गर्न माग गरेकी छिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन