सर्लाही, १० फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाको सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उहाँले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीबाट कुनै जवाफ नआएको बताउनुभयो ।
उहाले अव पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए सदन बिरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो । उहाले यसअघि भएको सहमति अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाले बाल मन्दिरको जग्गालाई कौडीको भाउमा बहालमा लगाउनेहरु कहलिएका व्यक्तित्व र व्यवसायी घरानाहरु भएको आरोप लगाउनुभयो ।
बैठकमा सांसद प्रेम सुवालले पूर्वाधार विकास गर्दा स्थानीयको भावनालाई सम्बोधन गरि काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन