काठमाडौं, १२ फागुन । युएईमा शुक्रवारदेखि सुरु हुने आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज सिंगापुरसँग खेल्दै छ ।
नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अमजानमा सुरु भएको हो ।
सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको नेपाल पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने योजनामा छ । राष्ट्रिय टोलीबाट खेलिसकेका देव खनालको कप्तानीमा नेपाल मैदान उत्रेका छन् ।
यसअघि गुलशन झालाई कप्तान नियुक्त गरेपनि लिग टुकाको लागि गुलशनलाई सिनियर टोलीमै समावेश गरिएपछि देव यू–१९ को नयाँ कप्तान चयन भएका हुन् । जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टोली ८ वर्षपछि यू–१९ विश्वकपमा पुग्ने लक्ष्यमा छ ।
नेपाली टिम ः देव खनाल, आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (क), दिपक बोहरा (ख), उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा र आकाश चन्द ।
नेपालले दोस्रो खेल २५ फेब्रुअरीमा कुबेतसँग र तेस्रो खेल २७ फेब्रुअरीमा हङकङसँग खेल्नेछ । यस्तै मलेसियासँग २८ फेब्रुअरीमा र अन्तिम खेल घरेलु टोली युएईसँग २ मार्चमा खेल्ने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन