732
Shares
तराई टप संवाददाता
वारा, २१ वैशाख । बाराको सिम्रौनगढ तर्फ आउदै गरेका एक मालवाहक ट्रकमा आगलागी भएको छ ।
हेटौडाबाट सिमेन्ट लोड गरेर बाराको सिम्रौनगढ तर्फ आउँदै गरेको ना.४ ख. ९५९८ नम्बरको ट्रकमा कोल्हवी नगरपालिका ४ तामागढी कोल्हवी सडक खण्डमा आज विहान ९.१५ मिनेटमा आगलागी भएका थिए ।
आगलागीबाट करिब २ लाख ५६ हजार मूल्यको सिमेन्ट ४ सय २० बोरा र १५ लाख ४४ हजारको ट्रकमा क्षति पुगेको छ । ट्रकको पछाडिको चक्का पड्किएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । इलाका प्रहरी कार्यालय निजगढ, अस्थायी प्रहरी पोष्ट झुरझुरबाट ११ जना प्रहरी टोली र दुईवटा दमकलको सहयोगमा ९ः४५ बजे आगो नियन्त्रणमा लिएको समेत जानकारी उनले दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन