काठमाडौं, १९ फागुन । धीरज मगर स्टारर डान्स ड्रामा ‘ज्याकी आई एम ट्वान्टी वान’ को टिजर सार्वजनिक भएको छ ।
फिल्मको कथावस्तु र चरित्र चित्रणबारे खुलासा गरेको हो । जहाँ धीरजले हिपहप डान्समा करिअर बनाउने सपना देखेको एक ‘एमेच्योर्ड डान्सर’ को भूमिका निर्वाह गरेका छन् ।
हिपहप नृत्यमा सफल हुन सपना देखेको प्रमुख पात्रले परिवारको अवरोधको बाबजुद कसरी लक्ष्य प्राप्तिको लागि संघर्ष गर्छ भन्ने कथावस्तु यसमा समेटिएको छ ।
फिल्ममा धीरज मगरको साथमा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राईलगायतका कलाकारको अभिनय छ ।
नृत्य निर्देशकको रुपमा स्थापित रेनशा बान्तवा राईले निर्देशन गरेको यो फिल्ममा उनले केन्द्रीय द्वन्द्वको रुपमा पनि नृत्य र त्यसबीच आउने परिवारिक अपेक्षालाई प्रस्तुत गरेकी छन् । सुशान्त प्रजापतिको छायांकन, निमेश श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन