136
Shares
काठमाडौँ, २१ फागुन । एएफसी यू–२० महिला एसियन कप छनोटमा खेल्ने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घले आइतबार प्यालेस्टाइन जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
नेपाली टोली आज नै त्यसतर्फ प्रस्थान गर्नेछ । छनोटको पहिलो चरणमा समूह ‘बी’ मा नेपाल सहित आयोजक प्यालेस्टाइन, युएई र नर्दन मारियाना आइल्यान्ड छन् ।
नेपालले पहिलो खेलमा मार्च ८ मा प्यालेस्टाइन विरुद्ध खेल्नेछ । छनोटबाट समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।
दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन