87
Shares
दाङ, २९ फागुन । दाङमा १ महिलाको सामूहिक बलात्कार गरेको अरोपमा २ जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेको हो ।
प्रहरी प्रमुख वीरबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका वडा नं.१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी २ जनाले महिलालाई बलात्कार गरेका थिए ।
प्रहरीका अनुसार पीडित महिला ३ महिनाअघि श्रीमानको खुट्टाको उपचार गराउन भन्दै दाङ आएकी थिइन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा पैसा सकिएपछि श्रीमान् श्रीमती मागेर जीवन चलाइरहेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन