सर्लाही, २९ फागुन । आगामी चैत ५ गते देशभर हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्ने निर्णय भएको छ ।
त्यसको लागि प्रभावकारी ढंगले सुरक्षाकर्मी परिचालन गरी शान्ति सुरक्षा कायम गर्ने सहमती भएको हो ।
सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन–२०७९ समन्वय बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाए ।
बैठकमा जिल्लाको सुरक्षा समितिका प्रमुख, यहाँ क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी संघ संगठनका नेता लगायतको उपस्थिति रहेको थियो ।
चैत ५ मा सर्लाहीका तीनवटा क्याम्पस जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी र सर्लाही क्याम्पस मलंगवामा स्ववियु चुनाव हुँदैछ । यि ३ वटै क्याम्पसमा अहिले स्ववियु चुनावको चहलपहल छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन