112
Shares
काठमाडौं, २९ फागुन । नयाँ राष्ट्रपतिको रूपमा रामचन्द्र पौडेलले सोमबार कार्यभार सम्हालेका छन् ।
रामचन्द्र पौडेलले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिए । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाएका हुनु ।
राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो १ बजे हुने शपथ कार्यक्रममा पौडेललाई भण्डारीबाट पद हस्तान्तरण सँगै भण्डारीको बिदाइ कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शपथपछि आज पौडेल शीतल निवास सर्ने छन् भने भण्डारी पनि आजै शीतल निवासबाट बूढानीलकण्ठ–२ चपली स्थित निजी निवासमा सर्ने छिन् । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन् ।
त्यसपछि दोस्रो कार्यकालको लागि २०७४ साल फागुन २९ गते पनि उनी नै राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन