काठमाडौं, २९ फागुन । नेपालले पिएनजीलाई ९ विकेटले हराउदै विश्वकप क्रिकेट छनौट प्रतियोगिताको नजिक पुगेको छ ।
किर्तीपुर स्थित टियु खेलमैदानमा नेपाली क्रिकेट टिमको क्याप्टन रोहित शर्माले टस जितेर पाहुना टिम पिएनजीलाई पहिलो ब्याटिंग गर्न आमन्त्रण गरेका थिए ।
नेपाली बलर हावी भएपछि ९५ रनमा अल आउट भएको पीएनजीबाट पाएको लक्ष्य नेपाली ब्याट्सम्यनले मात्र ४६ बल खेलेर पूरा गरे ।
आसिफ शेखको विस्फोटक ब्याटिङ र सन्दीप लामिछानेको घातक स्पिनको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू मा पपुवा न्युगिनी माथि ९ विकेटको सानदार जित हात पारेको छ ।
यो जितसँगै नेपाल विश्वकप छनोटको नजिक पुगेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने यूएईसँगको खेल जितेमा नेपालले आउँदो जुन जुलाईमा जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेल्न पाउने छ ।
ओपनर आरिफ शेखले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा नट आउट ५३ रन बनाए । त्यस क्रममा उनले ८ चौका र ३ छक्का हाने ।
अर्का ओपनर कुशल भुर्तेलेका नट आउट रहने चाहना भने पीएनजीका बलरले पूरा हुन दिएनन् । नेपालको ५१ रन हुँदा कुशल व्यक्तिगत ३३ रनमा आउट भए । १४ बल मात्र खेलेका उनले ४ चौका र २ छक्का हानेका थिए ।
कुशल आउट भएपछि ब्याटिङमा आएका कुशल मल्ल १२ रनमा नट आउट रहे ।
स्पिनरको घातक बलिङ
यसअघि सोमबार कीर्तिपुरमा टस जितेर फिल्टिङ रोज्ने नेपालको निर्णयलाई सही सावित गर्दै स्पिनरहरुले पीएनजीलाई सुरुदेखि नै दबावमा राखेपछि नेपालले ९६ रनको लक्ष्य पाएको थियो ।
लामिछानेले १० ओभर बलिङ गर्दै २५ रन दिएर ५ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले २–२ तथा सोमपाल कामीले १ विकेट बाँडे ।
ललित राजवंशीले चौथो ओभरको तेस्रो बलमा नेपालका लागि पहिलो सफलता दिलाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन