121
Shares
काठमाडौँ, ३० फागुन । चौथो आइकिडो आइकिकाई अन्तर्राष्ट्रिय सेमिनार काठमाडौँमा सम्पन्न भएको छ ।
यस खेलमा दुबई, अस्ट्रेलिया, इन्डिया, रसिया, सिङ्गापुरलगायत नेपालका खेलाडीहरूले भाग लिएका थिए ।
तीनदिने सेमिनारमा ५२ जना खेलाडी सहित अभिभावकको पनि सहभागिता थियो । आत्मसुरक्षा मार्सल आर्टको सेमिनारको लागि जापानबाट आइकिडो प्रधान कार्यालयबाट इतो माकोतो सेन्से (गुरु) आएका थिए । अहिले विश्वका १४० देशमा आइकिडो खेल खेलिन्छ ।
शालीनताका साथ खेलिने खेल काठमाडौँ, पोखरा, तनहुँ लगायतका डोजो र विद्यालयमा खेलाइन्छ । आइकिदो आइकिकाई सङ्घ नेपालले विगत १४ वर्षदेखि प्रशिक्षण दिँदै आएको संस्थाका सचिव विनय श्रेष्ठले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन