102
Shares
भारत, ३० फागुन । आमाको मृत्यु पछि प्याट कमिन्स घरमा नै रहने भएपछि स्टीभन स्मिथले भारत विरुद्धको एकदिवसीय शृङ्खलामा अस्ट्रेलियाको कप्तानी सम्हाल्ने भएको छ ।
आमाको स्वास्थ्य बिग्रिएपछि कमिन्स दिल्लीमा भएको दोस्रो टेस्टपछि घर फर्किएका थिए । कमिन्सकी आमा मारियाको गत ९ मार्चमा निधन भएको हो ।
स्मिथको नेतृत्वमा अस्ट्रेलियाले बाँकी दुई टेस्टमध्ये एकमा जीत र दोस्रोमा बराबरी गर्दै शृङ्खला २–१ को स्थितिमा सकेको थियो ।
स्मिथले नेतृत्व लिएसँगै अस्ट्रेलियाको एकदिवसीय टोलीले पछिल्ला पाँच खेलमा चार जना कप्तान पाएको छ । न्युजिल्याण्डको शृङ्खलामा एरोन फिन्चले अस्ट्रेलियाको नेतृत्व गरेका थिए भने उनको सन्यासपछि कमिन्सलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।
स्मिथले यसअघि ५१ एकदिवसीय खेलमा अस्ट्रेलियाको नेतृत्व गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन