104
Shares
काठमाडौँ, ३० फागुन । स्वतन्त्र विद्यार्थीहरुको युनियन निर्वाचन प्रक्रिया अगाडी नबढाइएको भन्दै मंगलबार घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा तोडफोड भएको छ ।
विद्यार्थीहरुको एक समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा तोडफोड गरेको हो ।
तोडफोडबाट टेबल तथा कुर्सीहरुमा क्षति पुगेको छ । त्रिचन्द्र क्याम्पसमा विवादका कारण पुस २६ गते मनोनयन दर्ता हुन सकेको थिएन भने त्यसपछि मतदाता नामावली प्रकाशन देखि अन्य आवश्यक समन्वय नगरेको भन्दै नेविसंघ सहितका विद्यार्थी संगठनहरु आक्रोशित बनेका छन् ।
बाहिर ल्याएर राखिएको कुर्सीमा चुनाव गराउन नसक्ने क्याम्पस प्रशासन राजीनामा दे, निर्वाचन अधिकृत खोइ, क्याम्पस प्रमुख हराएको सूचना लगायतका पोस्टर टाँस गरेर विरोध जनाइएको छ ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन