सर्लाही, २ चैत । सर्लाहीको बसबरिया गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बीच चर्काचर्की परेको छ ।
गाउँपालिका अध्यक्ष राम सिंहासन राय र उपाध्यक्ष सरिता कुमारी बीच चर्काचर्की परी विवाद भएको हो ।
आन्तरिक विवाद भएको बुझिए पनि के विषयमा विवाद भएको हो ? भनी प्रष्ट भएको छैन् । अध्यक्ष र उपाध्यक्ष पक्षबीच हात हालाहालकै अवस्था आई तनावको स्थिति सिर्जना भएपछि प्रहरी पुगेर साम्य पारेका छन् ।
गाउँपालिका कार्यालय अगाडि रहेको प्रहरी चौकी भवानीपुरले तत्काल स्थिति नियन्त्रणमा लिएपछि मानपुर र हिरापुर प्रहरी चौकीसहित इलाका प्रहरी कार्यालय बरहथवाबाट डीएसपीको कमाण्डमा थप मद्धत टोली गाउँपालिका कार्यालयमा पुगेको थियो ।
पछिल्लो समय योजना संचालनको विषयलाई लिएर बसबरियामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच तित्तता बढ्दै गएको स्रोतले जनाएको छ ।
विवादले गर्दा कर्मचारीलाई काम गर्न गाह्रो पर्न थालेको छ भने सेवाग्राहीलाई सेवा लिन र विकास निर्माणका काम प्रभावित भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन