काठमाडौं, ३ चैत । नेपालको तेश्रो उप राष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।
शुक्रवार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार यादवले एमालेका अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेतृ ममता झालाई हराउदै तेश्रो उप राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
जनता समाजवादी पार्टीका साँसद रहेका यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् ।
प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भए ।
यस्तै निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरिन् । जनमतबाट उपराष्ट्रपतिका उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरेको राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै जसपाबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ ४८ मतभार अर्थात् १ सांसदको मत पाएकी छन् । सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव बनेकाले प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी थिइन् ।
उपराष्ट्रपतिमा निर्वाचित यादव बारा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् । विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । उनले २०४७ सालमा नेपाल सद्भावना पार्टीको भ्रातृ संगठनमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेका थिए । उनी नेपाल सद्भावना पार्टीनिकट नेकपा शिक्षक मञ्चमा आबद्धबाट राजनीतिमा प्रवेश गरेका थिए । उनी अतिनै साधारण परिवारबाट हुनुहुन्छ उनको दिनचर्या समेत अति नै सामान्य रहने गरेको मधेशवादी नेता रहेको बताइन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन