रौतहट, ५ चैत । महिलाको हत्या गर्ने मुख्य अभियुक्तलाई पक्राउ गर्नुपर्ने माग गर्दै मौलापुर नगरपालिका सोनरनियाका पिडित पक्षहरुले प्रहरीको कार्यशैली विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटलाई घेराउ गरी प्रदर्शनमा उत्रिएका छन् ।
मौलापुर नगरपालिका वडा नम्वर ९ सोनरनिया गाउँका पनिलाल यादवको ४२ बर्षिया श्रीमती सुनैनाकुमारी यादवलाई छिमेकी भोला राय यादव, निजको श्रीमती कलावती देवी यादव र उमत राय यादवको श्रीमती मधानी देवी मिलेर गत फागुन २५ गते बाँसको भाटाबाट निर्घात कुटपीट गरेर हत्या गरेका थिए ।
हत्यामा संलग्न तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर फागुन २९ गते छाडेपछि आक्रोशित पिडित पक्षले निरन्तर रुपमा सोही दिन देखि रौतहट प्रहरी विरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
खेतमा दिशा गरेको विषयलाई लिएर भएको सामान्य वादविवाद पछि भएको झगडामा एकपक्षिय रुपमा महिला सुनैना माथि तिनै जनाले निर्घातकुटपीट गरेर हत्या गरेको प्रत्यक्षदर्शी स्थानीय महिला शारदा देवी यादवले गम्भीर आरोप लगाइन । सुनैनालाई तिनै जना पिडकले बाँसको भाँटाबाट निर्घात कुटपिट गरेर अचेत बनाएर त्यहाँबाट फरार भएपछि हामीहरु अस्पतालमा ति महिलालाई लग्दा चिकित्सकले मृत घोषणा गरेको उनले स्पष्ट पारिन ।
प्रहरीले केही बेर पश्चात ३ आरोपीलाई नियन्त्रणमा लिएर आर्थिक चलखेलको आधारमा तिनैजनालाई फागुन २९ गते छाडेर घटनामा संलग्न मधानी देवीको ७२ बर्षिय श्रीमानलाई उमत राय यादवलाई मुख्य आरोपी बनाएर प्रहरीले हिरासतमा राखेपछि पिडितहरु प्रहरीको कार्यशैली विरुद्ध आक्रोशित बन्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई घेराउ गर्दै प्रदर्शनमा उत्रिन बाध्य भएको स्थानीय रामप्रसाद साहले बताए ।
मृतक महिला सुनैनाको ४ छोरी र दुई छोरालाई लिएर स्थानीयहरु प्रहरी विरुद्ध प्रदर्शनमा उत्रिएपनि प्रहरीले वास्तविक दोषिलाई नसमात्नु निकै दुर्भाग्यपूर्ण रहेको साहले रौतहट प्रहरी माथि गम्भीर आरोप लगाए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर यादवले महिला हत्याको विषयमा प्रहरी गहन अनुसन्धान गरिरहेको हुँदा को दोषि, को निर्दोष हो अनुसन्धान पछि थाहा हुने बताए । प्रहरी माथि अनावश्यक रुपमा दवाव बनाएर अनुसन्धानमा खलल उत्पन्न गराउन काम मात्रै भएको हुदा हामी बास्तविक दोषिलाई पत्ता लगाई कानुनी दायरामा ल्याउने छौं उनले भने ।
फोटो क्याप्सन ः सुनैना देवीको हत्यारालाई प्रहरीले छाडेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटलाई आईतवार घेराउ गरी प्रदर्शनमा उत्रिएका मौलापुर नपा सोनरनियाका पीडित संगै स्थानीय बासिन्दाहरु ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन