राधेश्याम कुशवाहा
सर्लाही, ६ चैत्र । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा निःशुल्क ग्रामिण अल्ट्रासाउन्ड सेवा सुरु गरिएको छ ।
समयमै गर्भबती महिलाहरुको गर्भावस्थामा आमा र बच्चाको जटिलता पत्ता लगाई मातृ मृत्यु दर र नवजात शिशु मृत्यु दर घटाउने उद्देश्यले चन्द्रनगर गाउँपालिकाले गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा सुचारु गरेको हो ।
हिजो आइतबार गाउँपालिका अध्यक्ष राजकुमार महतोले वडा नं.२ स्थित बबरगंजमा रहेको स्वास्थ्य चौकीमा ग्रामिण अल्ट्रासाउन्ड सेवाको उद्घाटन गर्नुभएको छ । ग्रामिण अल्ट्रासाउन्ड सेवा वडा नं २ बबरगंजमा सुचारु गरिए पनि प्रत्येक वडाको स्वास्थ्य संस्थामा सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख अमृत चौधरीले जानकारी दिए ।
ग्रामिण अल्ट्रासाउन्ड सेवा प्रत्येक महिनाको ८ गते वडा नं १ लघुवामा महिला स्वास्थ्य स्वयंसेविकाको घरमा, १८ गते स्वास्थ्य चौकी किसनपुरमा, वडा नं ३ स्थित रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र बडकुर्वामा ४ र २४ गते प्रदान गरिने छ । यसैगरी वडा नं ४ स्थित रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र पोखरीमा ५ र २० गते, वडा नं ५ स्थित रहेको स्वास्थ्य चौकी मोहनपुरमा १० र १२ गते, वडा नं ६ स्थित स्वास्थ्य चौकी चन्द्रनगरमा ५,१५,२८ गते अल्ट्रासाउन्ड सेवा प्रदान गरिने छ ।
त्यस्तै वडा नं ७ स्थित रहेको खडकाटोलमा ६ गते तथा आधारभुत स्वास्थ्य सेवा केन्द्र चन्द्रनगरमा १६ गते र बाँकी दिन वडा नं २ मा रहेको स्वास्थ्य चौकी बबरगंजमा निःशुल्क ग्रामिण अल्ट्रासाउन्ड सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन