रौतहट, ६ चैत । गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमुणी प्रसाद जयसवालले निर्वाचित भएका दिन देखि नै विकास निर्माण लगायतको कार्यमा विपक्षीहरु आफूलाई निकै असहयोग गर्दै आएको बताएका छन् ।
गरुडा नगरपालिकाद्धारा सोमवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नगरप्रमुख जयसवालले नगरको समृद्ध विकास, नगरवासीलाई समृद्ध बनाउने कार्य, विकास निर्माण देखि लिएर शिक्षा स्वास्थ्यको क्षेत्रमा गरिन लागिएको परवर्तनबाट विपक्षीहरु अतालिएर आफू विभिन्न षड्यन्त्र गर्नमा लागि परेको बताए ।
आफूले गरेको कार्यहरुको सम्पूर्ण विवरणहरु दिन तयार रहेको तर त्यसको विधि प्रक्रियाहरु हुन्छ त्यस प्रक्रिया विधि अपनाएर आएमा सबैलाई दिन तयार रहेको तथा सार्वजनिक सुनवाई कार्यक्रम छिटै आयोजना गरेर सबैको खुलासा गर्ने बताए । तर अभद्र, अशिष्ट शैलीमा पेश हुँदै नगरको काम विथोल्न खोज्दा समस्या मात्रै उत्पन्न हुने बताए ।
संचारकर्मीहरुको प्रश्नको जवाफमा सबैको सहमतीमा करारमा १५० जना कर्मचारी नियुक्त गरिएको भएपनि आन्तरिक श्रोत अति नै न्यून भएको हुँदा तिनिहरुलाई तलव खुवान निकै कठिनाई भएको हुँदा आवश्यक्ता भन्दा बढिको करारका कर्मचारीलाई हटाएपछि विवाद सृजना भएको मात्रै हो उनले भने ।
हामी पार्दर्शी रुपमा विकास गर्न तयार छौं, विपक्षीहरुको सहयोग लिएर नगरलाई विकासको सुचीमा अघि बढाउने छौ तर त्यसको लागि सहयोगको वातावरण तयार हुनुपर्ने जिकिर मेयर जयसवालले गरे ।
कार्यालय बाहिर अनसनमा बसेका युवा नेता दिपक यादवजीको सम्पूर्ण माग सार्वजनिक सुनवाईबाट पुरा हुने भएको हुँदा अनसनको कुनै औचित्य नरहेकोमा आजै देखि अनसन समाप्त गर्न यसै पत्रकार सम्मेलन मार्फत आग्रह प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले गरे ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन