जापानी प्रधानमन्त्री किशिदा भारत भ्रमणको शिलशिलामा नयाँ दिल्लीमा

80 Shares

नयाँ दिल्ली, एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणको क्रममा सोमवार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।
जापानी प्रधानमन्त्री किशिदालाई केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले दिल्लीको विमानस्थलमा स्वागत गरेका हुन् ।
भ्रमणका क्रममा किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुका साथै जापानको इन्डो–प्यासिफिक रणनीति र नयाँ प्रतिरक्षा प्रणालीका बारेमा पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
पन्ध्र वर्षअघि प्रधानमन्त्री शिन्जो आबेले आफ्नो दिल्ली भ्रमणका क्रममा इन्डो–प्यासिफिक सहकार्यका बारेमा पहिलो पटक उल्लेख गरेका थिए ।
दुवै प्रधानमन्त्रीले दिल्ली स्थित बुद्ध जयन्ती पार्कमा सँगै पदयात्रा गरी गौतम बुद्धको पालाको गहिरो जरा भएको पूज्य वृक्ष बालबोधीको अवलोकन गर्ने बताइएको छ ।
भारत र जापान बीचको सम्बन्ध सन् २००० मा ‘विश्व साझेदारी, सन् २००६ मा ‘रणनीतिक तथा विश्व साझेदारी र सन् २०१४ मा ‘विशेष रणनीतिक तथा विश्व साझेदारी मा परिणत भएको थियो ।
दुवै देशले सन् २००६ देखि नियमित रूपमा वार्षिक शिखर सम्मेलन गर्दै आएका छन् । पछिल्लो वार्षिक शिखर सम्मेलन मार्च २०२२ मा नयाँ दिल्लीमा भएको थियो ।
किशिदाले आफ्नो ट्वीटर अकाउन्टमा प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने जानकारी दिए । भारतीय विदेश मन्त्रालयले मार्च १० मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुई नेताबीच पारस्परिक हितका द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल हुनेछ ।”
किशिदाले आफ्नो भारत बसाइका क्रममा स्वतन्त्र र खुला इन्डो–प्यासिफिकका लागि नयाँ योजनाको घोषणा गर्ने बताए । उनले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको भविष्यका बारेमा विचार प्रस्तुत गर्ने बताएका छन् ।
“यसका साथै, भारतमा रहँदा म स्वतन्त्र र खुला इन्डो–प्यासिफिक सम्बन्धी नयाँ योजनाको घोषणा गर्नेछु । हामी यस ऐतिहासिक मोडमा एफओआईपीको भविष्यको बारेमा ठोस विचारहरू प्रस्तुत गर्नेछौं,” किशिदाले सम्प्रेषण गरेको ट्वीटमा भनिएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जापान ‘अत्यन्त महत्वपूर्ण साझेदार’ भएको र भारत विचार आदानप्रदानका लागि तत्पर रहेको बताए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षीबीच हुने छलफलका बुँदाबारे विस्तृत जानकारी नगराई जापान भारतकोे धेरै महत्वपूर्ण साझेदार भएको बताए ।
भारत र जापानबीच सन् २०२२ को मार्चमा भएको पछिल्लो बैठकपछि नयाँ दिल्ली र टोकियोले क्रमशः जी–२० र जी–७ को अध्यक्षता सम्हालिरहेकाले द्विपक्षीय स्तरमा संलग्न हुनका लागि यो महत्वपूर्ण समय हो । दुवै देशबीच रक्षा तथा सुरक्षा, व्यापार तथा लगानी, विज्ञान तथा प्रविधि, शिक्षा, स्वास्थ्य सेवा र महत्वपूर्ण उदीयमान प्रविधिलगायत विभिन्न क्षेत्रमा साझेदारी रहेको छ । एएनआई ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।