रौतहट, ७ चैत । नगरप्रमुखले व्यापक रुपमा आर्थिक अनियमितता गरेको तथा अनाधिकृत रुपमा विना प्रक्रियाको करारमा कर्मचारी भर्ना गरेको लगायत विभिन्न विषयलाई लिएर स्थानीय युवा दिपक यादवले गरुडा नगरपालिका कार्यालय अगाडी आमरण अनसनमा बसेका छन् ।
आमरण अनसनको मंगलवार दोश्रो दिन पनि युवक दिपक यादव निर्भिकताका साथ आफनो जायज मागलाई सम्बोधन नगरपालिकाबाट नभए सम्म आमरण अनसन जारी राख्ने बताएका हुन् ।
शिक्षा क्षेत्रमा खर्च गरिएका बिबरण सार्वजनिक हुनुपर्ने, बिजुलिवती र इंटरनेट जडान भएको खÞर्चको बिबरण सार्वजनिक गर, स्वास्थ्य क्षेत्रमा खर्च गरिएका बिवरण सार्वजनिक गर, करारका कर्मचारिहरुको नियुक्तिपत्र र हाजरी रजिस्टरको प्रतिलिपि साथै तलव, पेशकीको विवरण, पदपूर्ति समितिको निर्णय र छनौट प्रक्रियाको प्रतिलिपि,. विकास कार्यका सम्पूर्ण योजनको विवरणहरू र भुक्तानि गरेका सम्पूर्ण कागजातहरुका प्रतिलिपि, दर्ता चलानी किताबमा दर्ता भएको पत्रहरुको प्रतिलिपि,. हाल सम्म्म भएको खर्च रकमको शीर्षक सहितको मासिक विवरणहरुको प्रतिलिपि, नगर सभाहरुको निर्णयका प्रतिलिपिहरु, कोरोना पीडि़तहरुलाई दिएको रकमको विवरण प्रतिलिपि, नगरपालिकको सम्पूर्ण बैंक खाताहरुको विवरणको माग राख्दै आमरण अनुसनमा बसेका छन् ।
गरुडा नगरपालिकको प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले अनसन स्थलमा पुगेर युवक यादवको स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए ।
सूचनाको हक प्रयोग गरेर माग गरिएका कागजातहरु हाल सम्म नगरप्रमुख कन्थमुणी प्रसाद जयसवालले उपलब्ध नगराउदा बाध्य भएर सशक्त कदम उठाउनु परेको यवक यादवले बताएका छन् ।
युवक दिपक यादवले सुरु गरेको आमरण अनसनलाई गरुडा नगरपालिकाको विभिन्न राजनीतिक दल र स्थानीय युवाहरुले साथ दिएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन