सुर्खेत, ७ चैत्र । सुर्खेतको बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा अक्कलबहादुर सिजापति विजय भएको छ ।
९६७ मतसहित निर्वाचित भएका सिजापतिले गठबन्धन बाट उम्मेदवार बनेका अखिल क्रान्तिकारीका हिक्मत शाहीलाई ४७९ मतान्तरले पराजित गरेको हो ।
गठबन्धनका शाहीले ४८८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीलाई नेविसंघको साथ रहँदा चुनाव जितन सकेन । नेपाली कांग्रेस र माओवादी निकट विद्यार्थी संगठनले गठबन्धन गर्दा एक्लै चुनावी मैदानमा होमिएको अनेरास्ववियुका उम्मेदवार विजयी भएका हुन् ।
प्रदेशमा सबैभन्दा धेरै विद्यार्थी रहेको यो क्याम्पसमा ३ हजार ८ सय विद्यार्थीहरु रहेको मध्ये १६ सय मात्रै मत खसेको थियो ।
प्रदेशमा एमाले निकट अनेरास्ववियुले ६ क्याम्पसमा जित हात पार्दा अखिल क्रान्तिकारीले १६, नेविसंघले १२ र १ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन