रौतहट, ७ चैत । अपराध गर्नेलाई कानुनको भय नभए सम्म सभ्य समाजको कल्पना गर्न नसकिने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।
एकद्वार संकट व्यवस्थापन केन्द्र रौतहटद्धारा मंगलवार सदरमुकाम गौर स्थित जिल्ला समन्वय कक्षमा बोल्दै प्रजिअ मिश्रले जव सम्म अपराध गर्ने व्यक्ति समाजमा खुलेआम अपराधको कार्यमा संलग्न रहन्छ तव सम्म सभ्य समाजको परिकल्पना गर्न सकिदैनन ।
लैङ्गिक हिंसामा पनि भय देखाउ जरुरी रहेको तथा स्थानिय तहको सहयोगमा टोल टोलमा प्रहरी परिचालन गरी न्युनिका गर्नु पर्नेमा जोड दिए । लैंगिक आधारमा मधेशमा अपराधिक गतिविधि बढदै गएकोले सबैलाई सजग सचेत हुन जरुरी रहेको उनले भने ।
प्रादेशिक अस्पताल गौरको प्रस्तुतिमा मधेसमा बसोबास गर्ने पहाडी समुदायको भन्दा मधेसी समुदायमा लैंगिक हिसा बढि देखिएकोमा उनले अवस्था असहज रहेको टिप्पणी गरे ।
लैंगिक आधारमा हुने हिंसा पिडितलाई गुणस्तरीय सेवा कसरी दिन सकिन्छ, जिल्लामा लैङ्गिक हिसाका अवस्था भएको सहयोग भावि कार्य योजना सहितका विषयलाई समेटेर तयार गरिएको एक कार्य पत्र प्रादेशिक अस्पताल गौरका डा. प्रिती झाले प्रस्तुत गरे ।
सो बैठकमा रौतहट प्रहरीका एसपी वीरबहादुर बुढा मगर, प्रदेशिक अस्पतालका निमित प्रमुख डा. मुरारी ठाकुर, जेष्ठ नागरिक समाजका अध्यक्ष विजय किशोर झा, नेपाल वार एसोसिएसनका अध्यक्ष नन्दकिशोर साह, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, सहितले लैङ्गिक हिंसा पिडितलाई दिने आवश्यक सहयोगकाका बारे सुझाव दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन