वृन्दावन (रौतहट), ७ चैत । वृन्दावन नगरपालिकाको मेयर विनोद कुर्मीले प्रतिबद्धता जनाए अनुसारको काम कारवाही नगरेपछि विभिन्न राजनीतिक दलहरुले नगरपालिकाको कार्यालय विश्राम्पुरमा रिले अनसन सुरु गरेका छन् ।
नगरप्रमुख कुर्मीले प्रमुख जिल्ला अधिकारी समक्ष प्रतिबद्धता जनाए अनुसार नगरपालिकाको काम कारवाही एवं विकास निर्माणको कार्य पूर्ण पार्दर्शी गर्ने र हिसावकिताव सार्वजनिक गर्ने भनिएको धेरै दिन वितिसक्दा पनि प्रतिबद्धता अनुसार काम नगरपछि पाँच दलिय राजनीतिक पार्टीहरु नेपाली काँग्रस, नेकपा एमाले, नेकपा माओवादी, आम जनता पार्टी र जनता समाजवादी पार्टीले मंगलवार देखि नगर कार्यपालिकाको कार्यालय विश्राम्पुरमा रिले अनसन सुरु गरेका हुन् ।
हाम्रा मागहरुः–
१. मिति २०७९÷०८० मा भएको नगर सभा देखी हाल मिति २०७९÷०८० मा भएको नगर सभा देखी हाल २०७९÷१२÷०५ गते सम्मको निर्णय प्रतिलिपिहरु ।
२. शिक्षा क्षेत्रमा खर्च गरिएको विवरण तथा उपलब्धीहरु ।
३. स्वास्थय क्षेत्रमा खर्च गरिएको विवरण तथा उपलब्धीहरु ।
४. करारका कर्मचारीहरु नियुक्तिपत्र र हाजरी रजिष्टरको प्रतिलिपि साथै तलब कर्मचारी पेश्किको विवरण तथा डोर हाजरीमा राखिएको कर्मचारीको विवरण ।
५. अमानतमा बागमति खोलामा उठाईएको कर दाखिल विवरण र बैकं भौचर विवरण ।
६. पद पुर्ति समितिको निर्णय र छनौट प्रकृयाको प्रतिलिपि ।
७. २०७९ जेष्ठ महिना देखी हाल सम्म गाडीहरु राखेको डिजल पेट्रोलको लगबुक सहित विवरण ।
८. नगरपालिकाको भित्रको सम्पूर्ण बैकं खाताहरुको हाल सम्मको विवरण ।
९. दर्ता चलानी किताबमा दर्ता चलानी भएको पत्रहरुको प्रतिलिपि ।
१०. विकास कार्यका सम्पूर्ण योजनाको विवरणहरु र भुक्तानी गरेको सम्पूर्ण कगजातहरुको प्रतिलिपि
११. हाल सम्म भएको खर्च रकमको शिर्षक सहितको मास्केवरी (प्रति महिना) विवरणको प्रतिलिपिहरु ।
१२. कोरोना पिडितहरुलाई दिएको रकमको विवरणको प्रतिलिपि ।
१३. यथ्रा शिघ्र भुमि वार्गकरणको निर्णय पठाउने ।
१४.नगरवासीको उपस्तिीथिमा नपा कार्यालय भित्र सार्वजनिक सुनवाई अभिलम्ब गर्ने ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन