66
Shares
काठमाडौं, ८ चैत । नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा फोन सम्पर्कमा कठिनाइ उत्पन्न भएको छ ।
नेपाल टेलिकमको प्राविधिकहरुले समस्या समाधानको लागि प्रयास जारी राखेको हो ।
नेपाल टेलिकमको प्रवक्ता शोभन अधिकारीले भीओएलटीई सेवामा समस्या देखिएको बताए ।
मोबाइलमा भीओएलटीई चलाइरहेका मात्र यसबाट प्रभावित भएको अधिकारीको भनाइ छ । बिहानै देखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।
विश्व दूरसञ्चार दिवसको अवसर पारेर नेपाल टेलिकमले २०७८ जेठ देखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई सेवाको परीक्षण सुरु गरेको थियो ।
नेपाल टेलिकमको सेवामा पटक–पटक समस्या आउने गरेको छ । यसबाट लाखौं सेवाग्राही मर्कामा परेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन