89
Shares
काठमाडौंँ, ८ चैत । ‘नाईं नभन्नू ल ६’ आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउने बताइएको फिल्म हो ।
फिल्मको एउटा गीत र टिजर सार्वजनिक भइसकेको छ । जसले फिल्म प्रति दर्शकको ध्यान खिच्न सफल भएको छ ।
फिल्मको अहिले काठमाडौँ स्थित पशुपति क्षेत्रमा केही भागको छायांकन भैरहेको छ । जसमा कलाकार अनुभव रेग्मी र ‘प्रेमगीत ३’ की बाल कलाकार योगिशा खत्रीले अभिनय गरिरहेका छन् ।
फिल्मको छायांकन स्थलबाट सार्वजनिक भएको केही तस्बिरमा पनि अनुभव र योगिशा सँगै देखिएका हुन् । तस्बिर अनुसार फिल्ममा अनुभव र योगिशा जोडीको रुपमा देखिने बताइन्छ
फिल्ममा अनुभव र योगिशाको अलवा आँचल शर्मा, आशिर्वाद क्षेत्री, प्रियंका कार्की, सरोज खनाल, केकी अधिकारीको पनि अभिनय छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन