सर्लाही, ८ चैत । सर्लाहीको लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन चुनावमा निर्वाचित नेविसंघ नेतृत्वको संयुक्त प्यानललाई नेपाली कांग्रेसले सम्मान गरेको छ ।
क्याम्पसको स्ववियु चुनावमा विजयी संयुक्त प्यानलका पदाधिकारी र सदस्यहरुलाई लालबन्दी स्थित कांग्रेसको नगर पार्टी कार्यालयमा सम्मान गरेको हो ।
स्ववियु सभापतिमा निर्वाचित नेविसंघका अभिमन्यु चौधरी, सचिवमा निर्वाचित अखिल क्रान्तिकारीकी अनिता कुमारी बुढाथोकी र कोषाध्यक्षमा निर्वाचित नेकपा एस निकट अनेरास्ववियूका एलोज खड्कासहित अरु ६ जना सदस्यलाई समेत सम्मान गरिएको कांग्रेसले जनाएको छ ।
सर्लाहीको सभापति सुरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, पार्टीको महाधिवेशन प्रतिनिधि एवं जनज्योति क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारी, क्याम्पसको पूर्व स्ववियु सभापति युवराज देवकोटा, नेताहरु कुवेर आचार्य, इन्द्र योन्जन, सुरेन्द्र कुमार न्यौपानेलगायतको उपस्थिति रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन