काबुल, एजेन्सी । मंगलवार राति आएको ६.५ म्याग्निच्युडको भुकम्पमा परेर अफगानिस्तान र पाकिस्तानमा १२ जनाको मृत्यु भएको छ भने सयौं घाईते भएका छन् ।
अफगानिस्तानमा तीन र पाकिस्तानमा नौ जनाले ज्यान गुमाएको ती मुलुकका सरकारी अधिकारीहरूले बताएका हुन् । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयका लागि तालिबान सरकारका प्रवक्ता शराफत जमान अमरले भूकम्पबारे जानकारी दिए ।
भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तान नजिकै पर्ने अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भारतको राजधानी नयाँ दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।
उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरको छाना खस्दा नौ जनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषकोे घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।
भूकम्पको झट्काका कारण २० भन्दा बढी भवनमा क्षति पुगेको छ भने धेरै स्थानीय घाइते भएका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका अस्पतालमा दुई सय ५० जना घाइतेको उपचार गरिएकामा १५ जनालाई सामान्य चोटपटक लागेको अस्पताल प्रशासनले बताएको छ ।
उपचारार्थ अस्पस्ताल ल्याइएकामध्ये दुई सयभन्दा बढी बेहोस थिए । प्रान्तका अन्य भागमा ५२ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भूकम्पपछि देशका विपद् व्यवस्थापन अधिकारीहरूलाई सतर्क रहन आग्रह गरेका छन् । रोयटर्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन