नयाँ दिल्ली, एजेन्सी । ताइवानको प्रविधि कम्पनी फक्सकनले चिप्स र विद्युतिय गाडी उत्पादन गर्नका लागि भारतीय साझेदार संग मिलेर गर्न इच्छा जाहेर गरेको छ ।
अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सीएनएन) ले जनाएअनुसार फक्सकनको होन हाई प्रविधि समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी योङ लिउले भारतको भ्रमण गरेपछि यस्तो इच्छा जाहेर गरेको हो ।
गत वर्ष चीनमा आपूर्ति क्षेत्रमा समस्या आएपछि फक्सकनले चीनको विकल्पका रुपमा भारतमा आफ्ना गतिविधिलाई विस्तार गर्न चाहेको बताइएको छ ।
भारतमा ठूलो जनसंख्या रहेको र आफ्नो भारत भ्रमणबाट सेमिकन्डक्टर र विद्युतीय सवारीका क्षेत्रमा साझेदारी गर्ने प्रयास थप सुढृढ भएको योङ लिउको भनाइ छ ।
उनले यसका लागि भारत सरकारसँग नियमित सम्पर्कमा रहने समेत जानकारी दिएका छन् । भारतमा यस कम्पनीले तामिलनाडु र आन्ध्र प्रदेशमा कारखाना स्थापना गरेको छ भने कर्णाटकमा पनि आफ्नो कारखाना विस्तार गर्ने लक्ष्य राखेको छ । सीएनएन
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन