जाकपुरधाम, ८ चैत । जनकपुरधाममा सञ्चारकर्मीहरु सँग धनुषा जिल्लामा संचालित बालबालिका सपना परियोजनाको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनलको आर्थिक सहयोग तथा सामाजिक विकास अनुसन्धान केन्द्र जनकपुरधाममा आयोजना कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रका निर्देशक सुखदेव ठाकुरको सभापतित्वमा भएको सो कार्यक्रममा धनुषा जिल्लाको विभिन्न क्षेत्रमा पछाडि परेका २ वटा गाउँपालिकाको ४ वटा वार्डमा परियोजना संचालनमा रहेको जानकारी गराइएका छन् ।
परियोजना थालेको अभियानपछि गर्भवती हुँदा शारीरिक अवस्थामा खासै ध्यान नदिने आमाहरु सचेत हुँदै गएको देखिएको दाबी समेत गरिएका हुन् ।
धनुषा जिल्लाको विदेह नगरपालिका वार्ड नं. ३ र ९ तथा जनकनन्दनी नगरपालिका वडा नं. ३ र ४ मा परियोजना कार्यक्रमहरु संचालित रहेको जनाइएको छ ।
बालबालिकाको सर्वांगिण विकासका लागि गर्भाव स्थादेखि ३ वर्ष सम्ममा उसको देखभाल गर्ने तरिकाबारे समेत अभिभावकहरुलाई प्रशिक्षण दिइने गरिएको बुझिएको छ । विगत ९ महिनाको अवधिमा परियोजना मार्फत १८ सय भन्दा बढी आमा (महिला)हरुले कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागी भइसकेको अभिमुखी कार्यक्रममा बोल्दै केन्द्रका निकिता यादवले बताइन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन