जनकपुरधाम, ८ चैत । मधेश प्रदेशको सामाजिक विकास मन्त्री सुरिता साहले दलित सशक्तिकरण ऐनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने व्यक्त गरेकी छिन् ।
अन्तर्राष्ट्रिय जातीय विभेद तथा उन्मूलन दिवसको अवसरमा जनकपुरधाम आयोजित छलफल कार्यक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
एकाइसौं शताब्दीमा मानव सभ्यता कहाँबाट कहाँ पुगिसकेको अवस्थामा हामीकहाँ जातीय छुवाछूतको परम्परा कायमै रहनु दुर्भाग्यपूर्ण छ’–उनले भनिन् ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले खेल्ने सम्पूर्ण भुमिका इमान्दारीका साथ निर्वाह गर्ने प्रतिबद्धतासमेत मन्त्री साहले व्यक्त गरिन् ।
कार्यक्रममा राष्ट्रिय भूमि अधिकार आयोग, धनुषाका प्रवक्ता राम गोविन्द यादव, जसपा नेपालका मधेश प्रदेश समितिका सचिव जितेन्द्र यादव लगायत दलित समुदायका प्रमुख अगुवा नेताहरूले आ–आफ्नो मन्तव्य राखेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन