91
Shares
चितवन, ८ चैत । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. ६ लोथरखोलाको आसपासमा बनेको घर प्रशासन र नेपाली सेनाले हटाएको छ ।
पुस ४ गतेदेखि मध्यवर्ती क्षेत्रको जमिन अतिक्रमण गरेर बनेका ९ वटा घरटहरा हटाएको चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारीले जानकारी दिए ।
निकुञ्ज क्षेत्रभित्र घर नबनाउन यसअघि पटक–पटक अनुरोध गरेको तिवारीले बताए । अनुरोध नमानेको कारण निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षाको लागि तैनाथ खडगदल गण र सिद्धिबकस गणका सेनाहरूको सहयोगले अतिक्रमित क्षेत्रका घर टहराहरू हटाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन