नयाँदिल्ली, ८ चैत । भारतमा धेरै खालिस्तानमा समर्थकहरूको टवीटर एकाउन्ट ब्लक गरिएको छ ।
टवीटर एकाउन्ट ब्लक हुनेमा क्यानडाको न्यू डेमोक्र्याटिक पार्टीका सांसद जगमीत सिंह, क्यानडाकी कवयित्री रुपी कौर, स्वैच्छिक संस्था युनाइटेड सिख र क्यानडाका कार्यकर्ता गुरदीप सिंह सहोताको टिवटर अकाउन्ट पनि ब्लक गरिएको हो ।
विभिन्न देशमा यी खालिस्तान समर्थकहरुको आक्रमण बढेको भारतीय सरकारी अधिकारीले जनाएका छन् ।
खलिस्तान समर्थकहरूले लन्डनस्थित भारतीय उच्चायोगमा तोडफोड गरेका थिए । लण्डनस्थित भारतीय उच्च आयोगमा खलिस्तान समर्थकले तोडफोड र भवनबाट भारतीय झण्डा हटाउने खोजेपछि एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
लन्डन घटनापछि खालिस्तान समर्थकहरूले सान फ्रान्सिस्को स्थित भारतीय वाणिज्य दूतावासमा समेत हमला गरेका छन् ।
अमेरिकी सरकारलाई कूटनीतिक प्रतिनिधित्वको संरक्षण र संरक्षण गर्ने आफ्नो मौलिक दायित्वको सम्झना गराइएको थियो, राज्य विभागले एक विज्ञप्तिमा जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन