69
Shares
सोलुखुम्बु, ८ चैत । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर १ विदेशी नागरिकको मृत्यु भएको छ ।
बाक्लो हिमपात तथा प्रतिकुल मौसमको कारण लेक लागेर मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्कोको शव उद्धारमा कठिनाइ भएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ४ गोरक्सेप क्षेत्रमा रहेको हिमालयन होटेलमा सुतेकै अवस्थामा अक्सिजन अभावका कारण उनको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी दीपक श्रेष्ठका अनुसार खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले शव उद्धारमा समस्या भइरहेका छन् ।
उनका अनुसार हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन