काठमाडौं, ८ चैत । राहदानी प्रकरणमा रवि लामिछानेलाई सरकारको दवावमा क्लीन चिट दिएकोमा राष्ट्रिय जनमोर्चाले आपत्ती प्रकट गरेको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्धारा हस्ताक्षरित विज्ञप्तीमा राहदानी प्रकरणमा रवि लामिछानेका विरुद्ध प्रहरी प्रशासनमा छानवीन चलिरहेको थियो । महान्यायाधिवक्ताले राहदानी प्रकरणमा रवि लामिछानेका विरुद्ध मुद्दा चलाउने आधार नभएको भनि निजलाई सफाइ दिएकोमा आपत्ति प्रकट गरेको हो ।
रवि लामिछाने अमेरिकाको नागरिक हुँदा हुँदै त्यागिसकेको नेपाली नागरिकता प्रयोग गरी राहदानी लिएको कुरा कसैबाट लुकेको छैन । नेपालको प्रचलित कानुनले विवरण ढाँटी राहदानी लिने कार्यलाई गैर कानुनी र दण्डनीय मान्दछ । रवि लामिछानेले विवरण ढाँटी नेपालको राहदानी लिएका थिए ।
उनीमाथि कानुनतः मुद्दा चल्नु पर्दथ्यो । तर रवि लामिछानेलाई सफाइ दिने कार्य भयो । रवि लामिछानेलाई सफाइका दिनको पछाडि कुनै कानुनी आधारमा नभएर राजनीतिक सौदाबाजीका आधारमा नै गरिएको हो । रवि लामिछानेको पार्टीबाट विश्वासको मत प्राप्त गर्न नै प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्तालाई दबाब दिएर उनलाई सफाइ दिने निर्णय गराएका हुन्, जुन सरासर गलत हो । राहदानी प्रकरणमा रवि लामिछानेलाई सफाइ दिने सरकारको कार्यको हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ ।
रवि लामिछानेको पार्टी अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि बनेको छ । त्यसकारण त्यो संगठनको गतिविधिका कारणले देशको सार्वभौमिकता र राष्ट्रियतामा गम्भीर आँच पुग्ने कुरा थाहा हुँदा हुँदै पनि सरकारले विश्वासको मत लिनका लागि उनीप्रति अपनाएको नीति भत्र्सना योग्य छ । जसको हाम्रो पार्टीले कडा शब्दमा विरोध तथा भत्र्सना गर्दछ उक्त विज्ञप्तीमा भनिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन