101
Shares
दाङ, ९ चैत । दाङको महेन्द्र बहुमुखी क्याम्पस घोराहीको स्ववियु निर्वाचन भएको एक सदस्य बाहेक सबै सदस्य पदमा नेविसंघका उम्मेदवार विजयी भएको छ ।
विद्यार्थी संघका मनोज डिसी १ हजार ९६ मत प्राप्त गर्दै स्ववियु सभापति चुनिएको हो । उनका निकटतम प्रतिद्वन्द्वी अखिल संयुक्तका उम्मेदवार हिमाल महराले ६२० मत प्राप्त गरेका छन् ।
सचिवमा ९५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी निर्वाचित भए । उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५८३ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी निर्वाचित भएकी छिन् ।
सदस्यमा नेविसंघका बसन्त कडेल, सुरेश पोख्रेल, विवेक खनाल, जीवन डिसी, अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्ववियुका सविन पोख्रेल निर्वाचित भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन