काठमाडौं, ९ चैत । समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
बैठक बिहीबार दिउँसो १ बजे बस्ने नेता शरदसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारमा सहभागिता, वैशाख १० गते हुने उपनिर्वाचन लगायत समसायिक राजनीतिक विषयमा छलफल हुने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी गरिरहेका बेला लोसपा पनि सरकारमा जान इच्छुक हो ।
बैठकमा बारा २, चितवन २ र तनहुँ १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल हुने छ । बारा २ मा बढी चासो देखाएको लोसपाले नवलकिशोर सिंहलाई उम्मेदवार बनाउन चाहेको छ ।
बारा २ बाट प्रतिनिधि सभामा निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेकाले सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।
यसैगरी तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले र चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन